आइतबार, २ कात्तिक २०८३ || Oct 18, 2026
समाज

शुक्लाफाँटामा जंगल सफारी खुला

पश्चिमपाटी
47Shares

महेन्द्रनगर । महेन्द्रनगर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी खुला गरिएको छ ।  वर्षादका कारण स्थगन गरिएको जंगल सफारी असोज २७ गतेदेखी खुला गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । निकुञ्ज प्रशासनले गत असारमा वर्षातका कारण बन्द जंगल सफारी बन्द गरेको थियो । प्रशासनले तोकेको रुट अनुसार जंगल सफारी गर्ने सवारीसाधनले मझगाउँ–बकौला–शिलालेख–शुक्ला पोस्ट–रणीताल–बाबाताल हुँदै मझगाउँ वा मझगाउँ–बाबाताल–रणीताल–शुक्ला पोस्ट–शिलालेख–बकौला हुँदै मझगाउँ सम्मको मार्ग प्रयोग गर्नुपर्नेछ । निकुञ्ज कार्यालयले निर्धारित रुटको पालना गरी जंगल सफारी सञ्चालन गर्न समेत अनुरोध गरेको छ ।