आइतबार, २ कात्तिक २०८३ || Oct 18, 2026
समाज

कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा दसैँको शुभकामना आदानप्रदान

पश्चिमपाटी
50Shares

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले विजयादशमी, शुभ दीपावली तथा  छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
शनिवार संघका अध्यक्ष दिनेश मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य जंगबहादुर मल्ल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा निमार्ण व्यवसायि संघ,होटेल व्यवसायी संघ,औषधी व्यवसायी संघ,वितरण संघ,महाकाली बस ब्यवसायी र सुनचादी व्यवासयी संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले नेपालीहरूको महान चाडपर्वले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए । साथै, चाडपर्वले उद्योगी व्यवसायी तथा आम नागरिकबीच आपसी सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको थियो ।