वाई–वाई यू–१९ पुरुष एकदिवसीय क्रिकेट छनोट स् कञ्चनपुर ६ विकेटले विजयी

महेन्द्रनगर । वाई–वाई यू–१९ पुरुष एकदिवसीय प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कञ्चनपुरले अछामलाई ६ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अछाम ३१ ओभर २ बलमा अलआउट हुँदै ११२ रनमा समेटिएको थियो । अछामका लागि जीवन केसीले ५१ बलमा २ चौकासहित सर्वाधिक ३२ रन बनाए भने आर्यन बिकेले १५ बलमा ३ चौकासहित १४ रनको योगदान गरे । बलिङमा कञ्चनपुरका बलर हिमाल पन्तले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ९ ओभरमा ३ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, रवि दमाईले ८ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट हात पारे । ११३ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले २१ ओभर १ बलमा ४ विकेट गुमाउँदै ११४ रन बनाएर जित हासिल ग¥यो । कञ्चनपुरका लागि प्रेम ओडले अविजित ४२ रन बनाउने क्रममा ४५ बलमा ७ चौका प्रहार गरे । त्यस्तै, अंकुश ओखेडाले ३० बलमा ४ चौका र १ छक्कासहित ३४ रनको महत्त्वपूर्ण योगदान दिए । अछामका बलर आर्यन बिकेले ६ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए भने बिराज बिष्टले ४ ओभरमा २५ रन खर्चेर १ विकेट हात पारे । प्रतियोगितामा कञ्चनपुरका हिमाल पन्त प्लेयर अफ द म्याच घोषित भए । यो जितसँगै कञ्चनपुर यू–१९ ले प्रतियोगितामा आफ्नो बलियो प्रदर्शन प्रस्तुत गरेको छ ।




