समाज
२२ समाचार
भोटेकोशीको बितण्डादेखि बुढीगण्डकीको त्राससम्म: प्रकृतिमाथिको हस्तक्षेप र विकासको विनाशकारी मूल्य
जलवायु परिवर्तनको बहससँग कार्बन उत्सर्जनको विषय पनि अभिन्न रूपमा जोडिएको छ।इन्धनको अत्यधिक प्रयोग, उद्योग, यातायात, वन विनाश र वातावरणमैत्री विकल्पको अपर्याप्तताले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान पुर्याइरहेका छन्।
शुक्लाफाँटामा जंगल सफारी खुला
उदयदेव सहकारीद्वारा बाढीपीडितलाई २ लाख ११ हजार सहयोग
कञ्चनपुरको प्रतिष्ठित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु. २ लाख ११ हजार सहयोग गरेको छ ।
मेगा सहकारीद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख १ हजार सहयोग
कञ्चनपुरको प्रतिष्ठित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु. १ लाख १ हजार सहयोग गरेको छ ।
लिटिल बुद्ध एकेडेमीबाट बाढीपीडितलाई ८ लाख २५ हजार सहयोग
विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. सात लाख ५० हजार, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनमार्फत रु. ५० हजार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालमार्फत रु. २५ हजार सहयोग गरेको विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले जानकारी दिनुभयो ।
आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी दिनेश मल्लले आफ्ना आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठान मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्नुभएको छ ।
बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि सृजनशील सहकारीको १ लाख ११ हजार सहयोग
झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
राहत कोषमा सुदूरपश्चिमका पाँच चेम्बरको एक लाख सहयोग
सुदूरपश्चिम चेम्बर अफ कमर्स, कञ्चनपुर चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्स र धनगढी चेम्बर अफ कमर्सको संयुक्त पहलमा उक्त सहयोग प्रदान गरिएको हो ।
बाढीपीडितलाई मर्निङ ग्लोरी स्कुलका कर्मचारीको राहत सहयोग
विद्यालयमा कार्यरत ७२ जना कर्मचारीले आफ्नो एक दिनको पारिश्रमिक बराबरको रकम संकलन गरी रु. ५१ हजार ६५८ रुपैयाँ राहत सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएका हुन ।
रसुवामा आएको भीषण बाढीप्रति कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा दुःख व्यक्त
कञ्चनपुरमा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न
महेन्द्रनगर स्थित फ्लोरिडा इन्टरनेसनल बोर्डिङ स्कुल र बैजनाथ नमुना माध्यमिक विद्यालयमा अध्यनरत माध्यमिक तहमा विद्यार्थीहरुको उपस्थितिमा मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।
