प्रदेश स्तरीय व्याडमिन्टन बम र निर्वाचन क्षेत्रको उपाधी सिंहको जोडीलाई

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधी धनगढीका राजेन्द्र बमको जोडीले जितेको छ । आईतवार भएको फाइनल खेलमा झलारीका विवेक ऐर र परमानन्द जोशीको जोडीलाई दुई सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र नरेन्द्र जैसीको टिमले उपाधी जितेको हो । बम र जैसीको जोडीले ऐर र जोशीको जोडीलाई २१–१७ र दोस्रो सेटमा २१–१५ ले पराजित गरेको छ । उपाधी बिजेता जोडी रु ४० हजार नगद, ट्रफि र मेडलबाट पुरस्कृत भएको छ । भने उपबिजेता टिमले रु २० हजार नगदसहित पुरस्कृत भएको छ ।
दशै र शुभ दिवापलीको अवसर पारेर शुक्लाफाँटा व्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ स्तरीय प्रतियोगिताको उपाधी राष्ट्रिय समाचार समिति कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ । प्रतियोगितामा सिंह र डम्बर कुवँरको जोडीले तेज बहादुर साउँद र तेज जोशीको जोडीलाई सोझो सेटमा पराजित गरेको छ । सिंह र कुवँरको जोडीले २१–१४ र २१–१० को सोझो सेटमा साउँद र जोशीको जोडीलाई पराजित गरेको शुक्लाफाँटा व्याडमिन्टन संघका अध्यक्ष पुष्पराज भट्टले बताउनुभयो । निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिताको उपाधी जित्दै सिंह र कुवँर रु ३० हजार नगद, ट्रफि र मेडलबाट पुरस्कृत भएका छन् । भने उपबिजेता साउँद र जोशीको जोडी रु १५ हजार नगदसहित पुरस्कृत भएको छ ।
प्रतियोगितामा उपाधी बिजेता, उपबिजेता मिटलाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रण बहादुर महराले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा प्रदेश खुल्ला बी लेभलतर्फ ६४ र निर्वाचन क्षेत्र स्तरीयमा ३२ टिम सहभागी थिए ।




