आइतबार, २ कात्तिक २०८३ || Oct 18, 2026
समाज

कञ्चनपुरमा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न

पश्चिमपाटी
175Shares

महेन्द्रनगर । एम्नेस्टी इन्टरनेसनल समूह ४९ कञ्चनपुरको आयोजनामा मानव अधिकार शिक्षा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । महेन्द्रनगर स्थित फ्लोरिडा इन्टरनेसनल बोर्डिङ स्कुल र बैजनाथ नमुना माध्यमिक विद्यालयमा अध्यनरत माध्यमिक तहमा विद्यार्थीहरुको उपस्थितिमा मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । 
    कार्यक्रमको अध्यक्षता समूह ४९ का अध्यक्ष विशाल सोनारले गर्नुभएको थियो । मानव अधिकार शिक्षासम्बन्धी प्रमुख प्रशिक्षकका रूपमा मानवअधिकारकर्मी भगवती थापाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा समूहका निवर्तमान संयोजक हेमराज भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव राजेन्द्र चन्दले गर्नुभएको थियो । कार्यक्रममा समूह ४९ का सह–संयोजक मीनराज भट्ट, कोषाध्यक्ष गोरखा बहादुर पुजार तथा सदस्य नरेन्द्रराज जोशी लगायतको सहभागिता रहेको थियो । फ्लोरिडा इन्टरनेसनल बोर्डिङ स्कुलमा ३८ जना विद्यार्थी तथा बैजनाथ नमुना माध्यमिक विद्यालयमा ६२ जना विद्यार्थी गरी एक सय भन्दाबढी विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरूलाई मानव अधिकारको अवधारणा, महत्व, संरक्षण तथा प्रवद्र्धनका विषयमा जानकारी दिइएको थियो । विद्यालय तहका विद्यार्थीहरूमा मानव अधिकारप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।