बाढीपीडितलाई मर्निङ ग्लोरी स्कुलका कर्मचारीको राहत सहयोग

महेन्द्रनगर । रसुवा लगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि महेन्द्रनगरस्थित मर्निङ ग्लोरी सेकेण्डरी स्कुलका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन ।
विद्यालयमा कार्यरत ७२ जना कर्मचारीले आफ्नो एक दिनको पारिश्रमिक बराबरको रकम संकलन गरी रु. ५१ हजार ६५८ रुपैयाँ राहत सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएका हुन । बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी कोषमा जम्मा गरेको विद्यालयका प्रिन्सीपल चुडामणी शर्माले बताए । प्राकृतिक विपत्तिका बेला पीडितको सहयोगका लागि विद्यालयका कर्मचारीहरूले गरेको यो सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता देखाएको छ ।




