आइतबार, २ कात्तिक २०८३ || Oct 18, 2026
समाज

बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि सृजनशील सहकारीको १ लाख ११ हजार सहयोग

पश्चिमपाटी
335Shares

महेन्द्रनगर । झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीमा कार्यरत कर्मचारी तथा सञ्चालकहरूको सहयोगमा उक्त रकम प्रदान गर्न लागिएको संस्थाले जनाएको छ । सहकारीले विपद्को कठिन अवस्थामा पीडितको उद्धार तथा राहतका लागि आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ ।  संस्थाले विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी तथा उद्धारको प्रतीक्षामा रहेका परिवारजनप्रति ऐक्यबद्धता जनाएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।