एनओसी सेवा डिजिटल गर्न सुदूरपश्चिम विश्वविद्यालय र शिक्षा मन्त्रालयबीच द्विपक्षीय सम्झौता

महेन्द्रनगर । शिक्षा तथा खेलकुद मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच द्विपक्षीय समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन पुरा गरेका विद्यार्थीले विदेश अध्ययनका लागि लिनुपर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ सेवा अब डिजिटल प्रणालीमार्फत उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको सुदूरपश्चिम विश्वविद्यालयका सुचना अधिकारी नविन वहादुर बमले बताए । समझदारी–पत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट र शिक्षा तथा खेलकुद मन्त्रालयका सह–सचिव श्रीप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन ।
समझदारी अनुसार सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई विदेश अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ प्राप्त गर्ने प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ । यसबाट विद्यार्थील उक्त सेवाका लागि अपनाउनुपर्ने प्रक्रियालाई सहज बनाउनुका साथै सेवा प्रवाहलाई थप पारदर्शी र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका सहायक प्रशासन प्रमुख नवीनबहादुर बम तथा मन्त्रालयका सूचना प्रविधि निर्देशक सलिना डंगोल रोहवरका रूपमा उपस्थिती रहेको थियो ।


