बुधबार, ३ भदौ २०८३ || Aug 19, 2026
समाज

बिना इजाजत औषधी बिक्री बितरण गर्ने एकजना प्रहरी नियन्त्रणमा

पश्चिमपाटी
59Shares

महेन्द्रनगर ।  कञ्चनपुर प्रहरीले बिना इजाजत उपचार तथा औषधी बिक्री–वितरण गरेको आरोपमा एक जना महिलालाई नियन्त्रणमा लिएको छ । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्वास्थ्य कार्यालय कञ्चनपुर र प्रहरीको टोलीले दोधारा चाँदनी नगरपालिका–१ स्थित खैराडीका ४० वर्षीया गीता सेठीलाई पक्राउ गरेको हो । इजाजत बिना विरामीको उपचार गराउने तथा औषधी बिक्रि वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा प्रहरी र स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले सेठीको घरमा खानतलासी गर्दा उनान्सय हजार चार सय पचासी मुल्य बराबरको औषधी र उपचारका प्रयोग हुने उपकरण बरामद गरेको थियो ।  फेला परेका औषधी तथा उपकरण सहित सेठीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।